यु–१९ क्रिकेट टोली भारत प्रस्थान 

241

यु–१९ क्रिकेट टोली भारत प्रस्थान 

काठमाडौं ।  आईसीसी यु–१९ बिश्वकप अन्तर्गत एशिया छनोट तयारीका लागि नेपाली यु–१९ क्रिकेट टोली भारत प्रस्थान गरेको छ ।  रोहित पौडेलको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीले भारत भ्रमणका क्रममा ४ अभ्यास खेल खेल्नेछ । अभ्यासपछि एशिया छनोटका लागि १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गर्ने प्रशिक्षक दासले बताएका छन् । 

भ्रमणका क्रममा ब्याटिङ कन्सलटेन्ट अपुर्ब देशाइले नेपाली टोलीलाई प्रशिक्षण गर्नेछन् । रोहित कुमार पौडेलको कप्तानीमा रहेको टोलीमा मोहमद आसिफ शेख,पवन सरार्फ,सन्दीप जोरा,भिम सार्की,रबि कुमार शाह,रित गौतम,कमलसिह ऐरी,रासिद खान र सागर ढकाल छन् । यस्तै,अभिशेक बस्नेत ,कुसल मल्ल,हरी बहादुर चौहान,प्रतिस जिसी,आकाश चन्द,सुर्य तामाङ,लोकेश बहादुर मल्लले पनि टोलीमा छन् । आइसीसी यु–१९ बिश्वकप अन्तगर्त एशिया छनोट मलेशियामा अप्रिल १० देखी सुरु हुनेछ । 
 

Source link