हावाहुरी पिडितलाई सहयोग गर्न मधेश क्रान्ति परिवारको आग्रह

421

जनकपुर । आइतवार राती बारा र पर्सा (बिरगंज )मा आएको भिषण आंधी हुरीबाट पिडितको सहयोग गर्न मधेश क्रान्ति संघर्ष समितिले आवहान गरेको छ ।
हुरीबाट भएको जन धनको क्षतिले सम्पूर्ण देशमा नै दिर्घकालिन असर पुर्याउने दुर्घटना भएको पार्टी संघय समाजवादि फोरम नेपाल तथा सामाजिक संगठन मधेश क्रान्ति संघर्ष समितिले ठहर गर्दै यसको न्यूनिकरणका लागि पिडितहरुको राहतमा हातमा हात गर्न सवैमा आग्रह गरेका छन् ।
मृतक आत्माको शान्तिको कामना गर्दै मधेश क्रान्ति परिवार सदस्यहरुले आफ्नो दक्षता र शीप मार्फत त्यस क्षेत्रमा स्वयंसेवी भाबले जुट्न देश,विदेशमा रहनुहुने आम नेपालीहरु, आत्मीय विदेशीहरु तथा दाता संघ,संस्थाहरुलाइ बारामा भएको असहनीय प्रकोप र त्यसको प्रभावलाइ न्यूनीकरन र व्यवस्थापन लगायत सम्बन्धी दीर्घकालीन पुर्नस्थापना योजनामा काम गर्नको आवहान गरेको नविन यादवले जानकारी दिए । उनका अनुसार हामी एकीकृत भै ठुलो हककदयले सहयोग गर्न यहि प्रेस बिज्ञप्ति मार्फत अनुरोध गर्दछौ ।
मधेश क्रान्ति संघर्ष समिति सुभचिन्तकहरुले सामाजिक सेवा भावले सम्पर्क न मा आई आबस्यक सहयोग गर्नु हुन् पनि सादर अनुरोध गरिएको यादवले जानकारी दिए ।
सम्पर्क संयोजक नविन यादव ९८५४०२९९१५,मोनाजिर ९८१९७३७८६,जय कुमर ९८५४०२५१०२,पन्कज शाह ९८०१६१७८८७,गौतम यादव ९८०७६४५१५३,अजित ९८१५८७८४६६ ,मुन्जय राउत ९८०९६४८१०२ ,फिरोज लाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने यादवले जानकारी दिएका छन् ।