काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ ।
एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ ।
नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ आँै तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् ।
ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ ।