पोखरा, नेपाली सेनाका प्यूठ बसन्त लोहारले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । पोखराको फेवाताल किनारमा रहेको रत्नमन्दिर दरवारमा गोली चलेको हो ।
दार्चुला घर भइ रत्नमन्दिर दरवारमा सुरक्षार्थ कार्यरत लोहारले बैतडी घर भइ सोही ठाउँमा सुरक्षार्थ तैनाथ सहकर्मी गणेश बिष्टमाथि गोली प्रहार गरेका हुन् । गोली लागेका बिष्टको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
गोली हान्ने लोहारलाई सेनाले नियन्त्रणमा लिएको छ । मृत बिष्टको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।