डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

313

काठमाडौँ ,

२३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्।

बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्।

डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

सरकारले डा. केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला डा. केसीले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्।