काठमाडौं– वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका देवेन्द्र पौडेल सहितका नेतालाई नयाँ शक्ति पार्टी नेपालले पार्टीबाट निष्काशन गरेको छ ।
पार्टी अध्यक्ष बाबुराम भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै देवेन्द्र पौडेल, बामदेब क्षेत्री , कुमार पौडेल लगायत १५ जनालाई पार्टीबाट निष्काशित गरेको हो ।
‘पार्टी नीति र विचार विपरित कार्य गर्दै आएकोमा पटक पटक यसो नगर्न सचेत गराई रहँदा पनि उहाँहरुले पार्टी विरोधी गतिविधि गरिरहेको हँदा पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाटसमेत निष्काशन गरिएको छ, भट्टराईले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा भनिएको छ ।
पौडेल लगायत १५ जनाले आजै अग्रामी शक्तिहरुबीच व्यापक धु्रविकरणको पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्नका लागि भन्दै देवेन्द्र पौडेलको संयोजकत्वमा ध्रुविकरण संयोजन समिति गठन गरेका थिए ।