खानेकुरामा मानिसको आवश्यकता र रुचि जति छ त्यति नै पेय पदार्थमा पनि छ। जुन ठाउँमा होस्, होटल तथा रेस्टुरेन्टमा वेटरले ‘चिसो–तातो के लिनुहुन्छ?’ भनेर सोधेकै हुन्छ। र, यो प्रायः खाना अगाडि नै हुन्छ।
पेय पदार्थ खानाभन्दा अगाडि नै प्राथमिकतामा पर्ने चलन बढ्दो छ।
उसोभए विश्वमा सबैभन्दा बढी कस्ता र कुन पेय पदार्थ स्वादिलो र लोकप्रिय छ त?
केही समयअघि सिएनएन ट्राभलले विश्वका ५० स्वादिला पेय पदार्थको सूची जारी गरेको थियो। देशका आधारमा तयार गरिएको उक्त सूचीमा नेपाल पनि परेको छ। स्वादिलो र लोकप्रिय पेयको सूचीको ४१ औं नम्बरमा नेपालको रक्सी परेको छ।
उक्त समाचारमाध्यमले गहुँ, जौ वा चामलबाट बनाइएको कडा रक्सी सूचीमा समावेश गरेको छ।
हाम्रो छिमेकी भारतमा बनेको आँपको लस्सी पचासौं नम्बरमा छ।
यसबाहेक अन्य देशका विभिन्न पेयपदार्थ सूचीमा छन्। दोस्रो नम्बरमा अमेरिकाको कोकाकोला, तेस्रोमा इथियोपियाको कफि, चौथो नम्बरमा विश्वव्यापीरुपमै बियर, पाँचौंमा चिया छ।
पहिलो नम्बरमा के छ भन्ने साच्दै हुनुहुन्छ भने, पानी छ। जहाँ भएपनि पानी सबैभन्दा लोकप्रिय पेय हो। यसैले यो सूचीको एक नम्बरमा परेको हो।