भारतिय टिभी सिरियलका दुई कलाकारको कार दुर्घटनामा मृत्यु

485

भारतिय धार्मिक टिभी सिरियल ‘महाकाली : अन्त ही आरम्भ है’ का दुई कलाकार गगन कंग र अर्जित लवानियाको शनिबार कार दुर्घटनामा मृत्यु भएको छ। उमरगाउँमा सुटिङ सकाएर मुम्बई फर्किरहेका बेला मुम्बई- अहमदावाद हाइवेमा उनीहरु चढेको कार दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार विहान एक ट्रकसँग उनीहरु चढेको कार ठोक्किदा दुई कलाकार सहित ३ जनाको मृत्यु भएको हो। दुई कलाकारसँगै कारमा गगनका सहायक पनि थिए।

‘महाकाली : अन्त ही आरम्भ है’ नामक धार्मिक सिरियलमा गगन भगवान इन्द्रको भूमिकामा थिए भने अर्जित नन्दीको भूमिकामा थिए। एजेन्सी