काठमाडौं। काठमाडौं स्थित द ब्रिटिश कलेजका विद्यार्थीले
तराईका बाढी पिडितको लागि राहत संकलन अभियान सुरु गरेका छन्।
तराईका जिल्लाहरुमा हालै आएको बाढीबाट प्रभावित भएकाहरुलाई
सहायोगको लागि विद्यार्थीहरु पाँच समूह विभाजन भई काठमाडौं
उपत्यकाको विभिन्न स्थानहरुमा राहत संकलन सुरु गरेका छन्।
विद्यार्थीको नेतृत्वमा सुरु भएको यो अभियानले सामाजिक सेवामा द ब्रिटिश कलेजका विद्यार्थीहरु उत्साहपूर्वक लागेका छन्।
विद्यार्थीहरुले सुरु गरेको यो अभियानमा कलेजका निर्देशक महेन्द्रराज कँडेलले समेत विद्यार्थीहरुसँग हातेमालो गरेका छन्। उनले विद्यार्थीहरुको अभियानमा द ब्रिटिश कलेजको तर्फबाट व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत
बाढी पिडितको लागि एक लाख रुपैंया सहयोग प्रदान गर्ने समेत बताए ।
संकलन भएको रकमबाट विद्यार्थीहरुले खाद्य सामग्रीहरु, औषधि र मेडिकल सामग्रीहरु, पानी शुद्ध बनाउने सामग्रीहरु, लत्ताकपडा लगाएतमा सामग्री खरिद गर्नेछन्। विद्यार्थीहरुले ती राहत सामग्रीहरु बाढीले धेरै क्षति पुर्याएको स्थानमा प्रमुख जिल्ला अधिकारीको सल्लाह अनुसार स्थानीय सरकारी अधिकारीहरुसँगको समन्वयमा राहत सामग्री वितरण गन योजना
बनाएका छन्।
यो अभियान अन्तर्गत पहिलो दिनमै ६० हजार रुपैंया संकलन गर्न
विद्यार्थीहरु सफल भएका छन्। विद्यार्थीहरुको यो अभियान अझै केही दिनसम्म चल्नेछ ।
द ब्रिटिश कलेजका विद्यार्थीहरुले यसअघि पनि प्राकृतिक प्रकोपको समयमा सहायता प्रदानको क्रममा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन्।
विद्यार्थीहरुले गरेको प्रेरणादायी कार्यबाट कलेज परिवार गौरवान्वित भएको छ र अभियानको सफलताको लागि शुभकामना व्यक्त गर्दछ । साथै यो सहयोगको महायज्ञमा सबैजना आ–आफ्नो क्षेत्रबाट सहभागी हुन अनुरोध गर्दछ