अमेरिका थर्काउने किम जोङ, सन्काहा कि स्वाभिमानी ? (फोटोमा हेर्नुस्)

697

काठमाडौं । उत्तर कोरियका सर्वोच्च नेता किम जोङ उनका कार्यशैली जति अधिनायक छ त्यति नै उनी रमाइला पनि छन् ।

उत्तर कारियाली सरकारी पत्रिका ‘रोडोंग सिन्मुन‘ले नेता किम एक सक्षम, असल, स्वाभिमानी, कुशल र हँसिलो शासकको रुपमा चित्रण गरेका छन् । तर, अन्य अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उनी अधिनायक, पागल, घमण्डि र सन्काहा नेताका रुपमा चिनिएका छन् ।

विश्वकै सर्वशक्तिमान् राष्ट्र अमेरिकालाई अप्रत्यक्ष्य टक्कर दिने विश्वका नेताहरुमा रुसका भ्लादमिर पुटिन र चीनका चिनफिंग भएपनि प्रत्यक्ष रुपमा टक्कर दिने नेता किमलाई नै लिइन्छ ।

उत्तर कोरियाबाहेक बाँकी विश्वका लागि उनी एक चुनौतिको रुपमा खडा भएको अमेरिकी प्रशासन ह्वाइट हाउसको टाउको दुखाई बनेका छन् । नेता किमकाबारेमा विश्वका शक्तिराष्ट्रहरुले राखेको तथ्य अध्ययन गर्ने हो भने उनी रहस्यमयी र रोचक ब्यक्तिका रुपमा लिन सकिन्छ ।

सन् २०११ मा बाबु किम जोंग इलको निधनपछि सबैभन्दा कम उमेरमा उत्तर कोरियाका शासन सत्ता सम्हालेको करिव पाँचवर्षमै परमाणु मिसाइल परिक्षण गरेर उनले अमेरिकालाई तर्साउन सफल मानिएका छन् ।

उनको जन्मवारे विश्वमा फरक–फरक मत रहेका छन् । उत्तर कोरियाको रेकर्डअनुसार उनी सन् १९८२ जनवरी ८ मा को योंग हुइले जन्माएकी हुन् । तर, नेता किमको जन्मवारे विश्वमा अलग–अलग रेर्कडहरु राखिएको छन् । अमेरिकी गुप्तचर संस्था सिआइएका अनुसार उनको जन्म सन् १९८४ जनवरी ८ मा भएको हो भने स्वीस रेकर्डमा सन् १९८४ जुलाइ ५ मा भएको हो । त्यस्तै, दक्षिण कोरियाको रेकर्डमा उनी सन् १९८३ जनवरी ८ मा जन्मिएका थिए ।

बीबीसीका अनुसार स्वीजरल्यान्डमा स्नातक अध्ययन पुरा गरेका उनले कृषिमा विशेष रुची राख्छन् । उनले आफ्नो देशमा आधुनिक कृषि प्रणालीको विकास गरेका छन् । त्यस्तै उनी आँफै सातामा एकपटक सैन्य लडाकु विमान चलाउँछन् भने महिनामा एकपटक सैनिक निरीक्षणमा निस्कन्छन् ।

उनले पिउने चुरोट विशेष प्रकारको एउटै ब्रान्डमा बन्ने गर्दछ, जुन अरुले पिउन पाउँदैनन् ।

पछिल्लो समया अमेरिकासँग परमाणु युद्धको लागि तयार रहेको जनाउ दिएलगत्तै गत सातामात्रै प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा दशौं हजार नागरिक भेला भइ नेता किमको तस्वीरसहित उत्तर कोरियाको झण्डा बोकेर अमेरिकी धम्कीको विरोधसमेत गरेका छन् । (एजेन्सी)