भक्तपुर । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन भक्तपुरको चित्तपोलबाट लिंगो तान्ने चलन छ ।
ऐतिहासिक र धार्मिक महत्व बोेकेको काठमाडौंको इन्द्रजात्रा पर्वका लागि चाहिने लिंगो बिहाबार तानिएको हो । बुधबार राति ८ः०३ बजे पुजा आजा गरी लिङ्गो ढाल्न सुरु गरिएको उक्त लिङ्गो बिहीबार बिहानैदेखि चित्तपोलस्थित सल्लाघारी वनबाट तान्न सुरु गरिएको हो ।
लिङ्गो ढाल्नका लागि काठमाडौँस्थित मानन्धर समूहले स्थानीय जयकृष्ण न्हेमाफुकी र आसकुमार नेमाफुकीलाई ठेक्कामा दिएपछि ३४ हाते लिङ्गो स्थानीय १ सय ५ जनालाई लिङ्गो तान्न लगाइएको जयकृष्ण न्हेमाफुकीले बताए ।
नेपाल भाषामा ‘योसीं’ भनिने ‘इन्द्रध्वजोत्थान’लाई शुभमंगल सूचकका विभिन्न चिह्न राखेर ध्वजापताका झुन्ड्याएको छ । लिंगोलाई ध्वजापताकासहित सिँगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ ।
राजा जयप्रकाश मल्लको प्रतीकका रूपमा रहेको राज खड्गलाई झल्लरले ओढाई ‘इन्द्रध्वजोत्थान कार्यक्रममा उपस्थित गराइने परम्परा छ ।