काठमाडौं । नेकपा माओवादी कन्द्रको भातृ संगठन निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । नेतृत्वका लागि अनिल शर्मा र रञ्जित तामाङबीच प्रतिस्पर्धा हुने भएको छ ।
कार्यकतालिकाअनुसार नयाँ नेतृत्व चुन्न मंगलबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । आज मध्यान्ह १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १२ देखि ५ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध पेश गर्ने, अपरान्ह ७ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, साँझ ७ः३० देखि ११ बजेसम्म सबै पदका लागि उम्मेदवार मनोनयन गर्ने र भोलि दिउँसो १ बजे उम्मेदवारको अन्तिम सूचि प्रकाशन गरिने छ ।
भोली सोमबार दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजे मनोनयनपत्रको जाँचबुझ गर्ने, ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने, ४ देखि ६ बजेसम्म उम्मेद्वारको नाम फिर्ता लिने तथा साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मंगलवार बिहान ९ देखि ४ बजेसम्म मतदान हुन निर्वाचन समितिले जनाएको छ ।
सम्मेलनमा २ हजार ३४ प्रतिनिधि सहभागि सम्मेलनबाट ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुनेछन् ।