Home समाचार फ्रुटीको गोदाममा छापा, म्याद गएको कच्चापदार्थ भेटियो
काठमाडौं- सतुंगलमा रहेको फ्रुटीको कार्यालयमा महानगरीय अपराध महाशाखा र बजार अनुगमन टोलीले छापा मारेको छ।
म्याद सकिएको सामाग्री ट्रकमा लोड गरेर बजारमा पठाउने तयारी गरेको सूचनाको आधारमा छापा मार्दा एक ट्रक फ्रुटी फेला परेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार म्याद गुज्रिएको पेय पदार्थ बजारमा पठाउन लागेको सूचना आएपछि संयुक्त टोली सतुंगलमा रहेको गोदाममा पुगेको थियो।
उनकाअनुसार म्याङ्गो पल्प जुस बनाउने कच्चा पदार्थ म्याद नाघेको भेटिएको थियो । कम्पनीलाई कालोबजारी ऐनअनुसार मुद्धा चलाउने प्रहरीले जानकारी दियो ।
Related