पुस्तकालय दिवस अाज मनाइँदै

475

काठमाडौं– ‘समृद्ध नेपालको आधार : पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ ।

पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवर्द्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयबाट रसियन कल्चर सेन्टरसम्म प्रभातफेरीसहित मू्ल कार्यक्रम हुनेछ ।

पं. केदारनाथ झालाई विसं १८६९ तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी विसं २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।