पुस्तकालय दिवसको अवसरमा लमजुङ कारागामा घुम्ती पुस्तकालय सेवा

450

लमजुङ– दशौँ पुस्तकालय बिहीबार मनाईंदै दिवस । यहि अवसरमा बुधबार जिल्ला कारागार लमजुङमा घुम्ती पुस्तकालय सेवा सुरु गरिएको छ । बेसीशहरको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालय सेवा सुरु गरेको हो । कैदीबन्दीलाई लक्षित गरी कारागारमै पुस्तकालय सञ्चालन गरिएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराईन सुयेँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैदीबन्दीको आवश्यकता अनुसारको पुस्तक कारागारमा उपलब्ध गराइनेछ । कारागारमा स्थापना गरिएको पुस्तकालयमा राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका, साहित्य, कानुन लगायतका पुस्तक राखिएको छ । ‘कारागारमा १५÷१५ दिनमा पुस्तक परिवर्तन गरिनेछ’ उहाँले भन्नुभयो । यस्तै जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले जेलजीवन बिताइरहेका कैदीबन्दीलाई सकारात्मक सोच निर्माणका लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका महासचिव दीपक अधिकारीले जनताको सुसूचित हुन पाउने अधिकारलाई सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो । कारागारमा नै घुम्ती पुस्तकालय सेवा स्थापना भएकोमा कैदीबन्दी निकै खुशी भएका छन् । लमजुङ कारागारको अहिलेको क्षमता ३५ भएपनि क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्दै आएका छन् ।