भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । ब्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्र्तगत परीक्षामा सहभागि १ लाख ९३ हजार १ सय २५ मध्ये ८१ हजार ७ सय ५८ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
यो ४२ दशमलव ३३ प्रतिशत प्रतिशत हो । गत बर्ष ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका थिए । गत बर्ष १ लाख ७५ हजार ५ सय ९३ सम्मिलित भएकोमा ८४ हजार ५ सय ९३ जना उत्र्तिर्ण भएका थिए । यो बर्ष ७७ जनाको परीक्षा रद्ध भएको छ ।
यस्तै आँशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ मभ्ध्ये ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । यो ३५ दशमलव ७४ प्रतिशत हो । गत बष्र्म आँशिकमा ३९ दशमलव ५९ प्रतिशत उत्तीर्ण भएका थिए ।
बिहीबार बसेको बोर्ड बैठकले श्रोतले जनाएको छ । यसका लागि दिउँसो ५ बजे बोर्ड बैठक डाकिएको उक्त श्रोतले जनाएको छ ।
हामीले नतिजा प्राप्त गरिसकेका छौं । प्राविधिक तयारी सकिनासाथ तपाईले माथिको बक्समा आफ्नो सिम्बोल नम्बर टाईप गरेर नतिजा थाहा पाउन सक्नु हुने छ ।
नतिजा प्रकाशनका लागि बोर्ड र एडुखबरको सञ्चालक संस्था पी एण्ड पी मल्टिमिडियाविच यस अघि नै भएको सम्झौता भए अनुसार हामीले नतिजा प्रकाशनको जिम्मा पाएका हौं ।
परीक्षा गत बैशाख १० गते भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।