गरीब तर शक्तिशाली उत्तर कोरियासँग कति छ हतियार ?

594

उत्तर कोरियाले जापानमाथिबाट क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरमाथि कारवाही गर्ने चेतावनी दिएका छन् भने उत्तर कोरियाले अमेरिकाको गुअममा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय उत्तर कोरिया र अमेरिका युद्धको अवस्थामा पुगेका समाचारहरु सार्वजनिक भएका छन् ।

विश्वको सवैभन्दा शक्तिशाली मानिने अमेरिकासँग पौठेजोरि खेलिरहेको उत्तर कोरियासँग कति हतियार र शक्ति छ जसका कारण उनले अमेरिकालाई चुनौती दिइरहेको छ भन्ने प्रश्न सवैमा छाएको छ ।

कम्युनिष्ट देश उत्तर कोरियाका बारेमा र त्यहाँको शासन शक्तिको बारेमा आधिकारीक जानकारी नआएपनि विश्वका विभिन्न जासूसी र सञ्चार माध्यमहरुले उत्तरको आणविक शक्ति र हतियारहरुबारे बेला बेलामा रिपोर्ट सार्वजनिक गर्ने गरेका छन् ।

यसै विषयमा बीबीसीले एक रिपोर्ट प्रकाशन गरेको जसमा उत्तरसँग भएका हतियारहरुबारे जानकारी दिइएको छ । जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

गरिब तर शक्तिशाली

उत्तर कोरिया एक गरिब देश हो तर सैन्य शक्तिका हिसावमा उत्तर कोरिया कमजोर छैन । उत्तर कोरियाको एक लक्ष देखिएको छ कि आफ्नो अस्तित्वको रक्षा गर्नु ।

यसका कारण उसले परमाणु कार्यक्रम तथा मिसाइल कार्यक्रममा ठूलो लगानी गर्दछ ।

उत्तर कोरिया केबल परमाणु शक्तिका आधारमा मात्र युद्धको चेतावनी दिइरहेको छैन । उत्तर कोरियाली फौज विश्वको सवैभन्दा बढी सेना मध्येको एक हो । र पारम्पारिक तथा गैर परमाणु सामरिक हतियारको संख्या पनि उत्तरको तागत हो ।


इतिहासलाई हेर्ने हो भने प्योंगयाङ आफ्नो शक्तिको प्रयोग गर्नमा पनि झुक्ने गरेको छैन ।
मार्च २०१० मा उत्तर कारियाले दक्षिण कोरियाको सानो लडाकु पानी जहाजलाई डुबाइदिएको थियो । त्यसै वर्ष उत्तर कोरियाले दक्षिण कोरियाको एक द्वाीपमा बमबारी गरेको थियो ।

उत्तर कोरियामा ११ लाख र्कचारी छन् जो त्यहाँको जनसंख्याको पाँच प्रतिशत हिस्सा हो ।

यसका साथै ७० लाख अतिरिक्त सैन्य कर्मचारी छन् । रेड वर्कस, पेजेन्ट गार्डस, रेड युथ गार्डस्, मिलिटरि ट्रनिङ रिजर्व युनिट लगायतका सैन्य दस्ता पनि त्यहाँ रहेका छन् ।

उत्तर कोरियाले घरेलु उत्पादनको १५ मध्ये २४ प्रतिशत हिस्सा रक्षा बजेटमा खर्च गर्छ ।

बीबीसीले उत्तर कोरियाको सेनाका बारेमा एकिनमा भन्न नसकिने भएपनि दक्षिण कोरियाको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार उत्तरसँग निम्न हतियार छन् ।

करिब ४ हजार ३ सय ट्यांक
२३ हजार बख्तरबन्द गाडी
५ हजार ६ सय बन्दुक
५ हजार ५ सय रकेट लञ्चर
१० मल्टिपल ३ सय एम एक रकेट लञ्चर

दक्षिण कोरियाका अनुसार उत्तर कोरियासँग उसको दुवै तटमा एक एक फ्लीट कमाण्डर छन् । १४ नेवल स्वार्ड तथा दुई आर्मी स्नाइ छ ।

यसका साथ दक्षिण कोरियाका अनुमानमा उत्तरसँग
४३० सरफेस वेसल
२५० जहाज
२० ड्रगमाइन
४० सहायक नाउ
७० पानडुवी रहेको छ ।
अनुमानहरुका अनुसार १६ सय ३० हवाई जहाज छन् जो उत्तर कोरियाले चार अलग अलग स्थानमा खटाएको छ ।

कोरिया प्रायद्विपमा हेर्नका लागि राडरका साथ कयों वायु रक्षा युनिट उत्तर सँग छन् ।
उसँग करिब ८१० लडाकू हवाई जहाज
३० निगरानी तथा नियन्त्रण गर्ने हवाइ जहाज
३ सय ३० मालवाहक हवाई जहाज
१७० ट्रेनिङ हवाइ जहाज
२९० हलिकप्टर