काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८० किलो सुन प्रहरीले बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले गएराति ८० किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए ।
प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन । चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको चन्दले जानकारी दिए ।
यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गतवर्ष २२ किलो सुनसहित पक्राउ परेका थिए ।