यस्ता छन् उत्तर कोरियाका केही आकर्षण

696

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङयाङलाई सन् १९५०–१९५३ को कोरियाली युद्धपछि पुनः निर्माण तथा डिजाइन गरिएको हो । स्मारक राखिएका फराकिला सडक र गगनचुम्बि भवन राजधानी प्योङ्याङ्का विशेषता हुन् । प्योङयाङको सबैभन्दा अग्लो संरचना करिब ३ सय ३० मिटर अग्लो निर्माणधिन रियुङ्ग्योङ् होटल हो ।
घुम्ने होटलको रुपमा समेत चिनिने यो होटललमा १०५ तल्ला छन् ।

प्योङयाङका अन्य स्मारकमा कुम्सुसान स्मृति दरबार, किम इल सङको जन्मघर, जुछे स्तम्भ, किम इल सङ दरबार, किम इल सङ रंगशाला, आदि हुन् ।

कुम्सुसान स्मृति दरबार

कुम्सुसान स्मृति दरबार राजधानी प्योङयाङको उत्तरपुर्वमा पर्दछ । कुम्सुसान स्मृति प्रतिष्ठानमा उत्तर कोरियाका संस्थापक नेता किम इल सङ तथा गत बर्षमात्र निधन भएका नेता किम जङ इलको शव सुरक्षितरुपमा प्रदर्शनीमा राखिएको छ । सन् १९७६ मा संस्थापक नेता किम इल सङको कार्यालय कुम्सुसान दरबारमा थियो । पछि उनको निधन पछि सन् १९९४ मा सत्तामा आएका छोरा किम जङ इलले कुम्सुसान दरबारलाई पुननिर्माण गरी पिताको स्मृति प्रतिष्ठानको रुपमा स्थापना गरी आफ्ना मृतक पिताको शवलाई प्रतिस्थापना गरेका हुन् । फराकिला कोठा तथा चौडा यो दरबार निर्माण गर्न करिब ९ करोड अमेरिकी डलर खर्च भएको अनुमान गरिएको छ । दरबारको अघि करिब आधा किलोमिटरको फराकिलो र चौडा क्षेत्र छ । कुम्सुसान वरीपरि सानो पोखरीले घरिएको छ ।

जुछे स्तम्भ    


उत्तर कोरियाको किम इल सङ दरबार क्षेत्रको ठिक अघिल्लतिर स्थापित १ सय ७० मिटर अग्लो स्तम्भ हो, जुछे स्तम्भ । संस्थापक नेता किम इल सङले प्रतिपादन गरेको जुछे सिद्धान्तको नाममा यसको नामाकरण गरिएको हो । आत्मनिर्भरता, राष्ट्रियता, कोरियाली संस्कृति तथा माक्सबाद लेनिनवाद लगायतका नारा जुछे सिद्धान्तका आधारहरु हुन् । तेइदोङ नदीको पुर्वी किनारामा उभिएको जुछे स्तम्भ सन् १९८२ मा स्थापना गरिएको हो । किम इल सङले मृत्युपर्यन्त विताएका प्रत्येक दिनहरुको सम्झनामा एक–एक ब्लकहरु समर्पित गर्दै जम्मा २५ हजार ५ सय ५० ब्लकहरुले जुछे स्तम्भ निर्माण गरिएको हो । स्तम्भमा चढि प्योङयाङ शहरको अवलोकन गर्न सकिन्छ ।

किम इल सङ् रंगशाला

उत्तर कोरिायको ठुलो रंगशाला हो, किम इल सङ रंगशाला । राजधानी प्योङयाङमा अवस्थित रंगशाला उत्तर कोरियाली राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुले प्रयोग गर्दछन् । सन् २००८ मा भएको उत्तर र दक्षिण कोरियाको विश्वकप छनौट खेलमा उत्तर कोरियाली अधिकारीहरुले किम इल सङ रंगशालामा दक्षिण कोरियाको राष्ट्रिय गान तथा झन्डा फहराउन नदिएपछि चीनको सांघाई शहरमा सारिएको थियो ।

किम इल सङ क्षेत्र


उत्तर कोरियाली राजधानी प्योङयाङको मध्य भागमा तेइदोङ नदीको पश्चिमी किनारामा स्थापित प्रख्यात किम इल सङ दरबार क्षेत्र विश्वकै ३० औं ठुलो दरबार क्षेत्र हो । संस्थापक नेताको नाममा सन् १९५४ मा स्थापित यो दरबार क्षेत्रको विपरितमा जुछे स्तम्भ उभिएको छ । उत्तर कोरियाका राष्ट्रिय महत्वका सभाहरु, ¥याली तथा सास्कृतिक कार्यक्रम तथा सैनिक परेडहरु ७५ हजार स्क्वायर मिटरमा फैलिएको यो दरबार क्षेत्रमा आयोजना गरिन्छ । सैनिक घोषणा तथा आधुनिक हातहतियार प्रदर्शनी लगायतका उत्तर कोरियाली महत्वपुर्ण सभाहहरु हुने भएकाले यो क्षेत्र विश्वकै मिडियाहरुको समेत आकर्षण केन्द्र हो ।

प्योङयाङ राष्ट्रिय चिडियाखाना

उत्तर कोरियाली राजधानी प्योङयाङमा स्थापित केन्द्रिय चिडियाखाना तेइसङ पहाडमा अवस्थित छ । यो चिडियाखानामा ६ सय ५० जातीका ५ हजार भन्दा बढी जनावरहरु छन् । करिब १ बर्गकिलोमिटरमा फैलिएको चिडियाखानामा संस्थापक नेता किम इल सङको निर्देशनमा सन् १९५९ मा स्थापना गरिएको हो । चिडियाखानाको मुख्य आकर्षण भनेको भियतनामका नेता हो ची मीले किम इल सङलाई उपहार दिएको हात्ति हो । पछि, विभिन्न देशवाट ल्याइएका जनावारको बाहुल्य भएपछि किम इल सङले चिडियाखानालाई पु“जीवादी भएको भन्दै आफ्नै स्वदेशी जनावारहरु राख्न निर्देशन दिएका थिए । चिडियाखानामा विदेशी राष्ट्रप्रमुख हरुले उपहार दिएको ४ सय भन्दा बढी जनावारहरु छन् ।

प्योङयाङ टीभी टावर 


उत्तर कोरियाको राजधानी प्योङयाङ समेत ऐतिहासिक स्मारक हो । सन् १९६७ मा टेलिभिजन प्रसारण क्षेत्रलाई बढाउन स्थापित यो टावर १ सय ५० मिटर अग्लो छ । रेष्टुरेन्ट तथा शहर अवलोकन कक्ष समेत भएको यो टावर पर्यटन प्रयोजनका लागि प्रयोग गरिन्छ ।

म्यानग्योनदै पहाड

उत्तर कोरियाली राजधानी प्योङयाङबाट १२ किलोमिटर टाढाको म्यानग्योनदै पहाड तेइदोङ नदी र सुन्ह्वा नदीले घेरिएको छ । उत्तर कोरियाका संस्थापक नेता किम इल सङ सन् १९१२ मा जन्मिएको ठाउँ भएकाले उत्तर कोरियामा यो पहाडको विषेश महत्व छ । उत्तर कोरियाको इतिहासमा क्रान्तिको उद्गम भुमीको रुपमा यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र हो । म्यानग्योनदै पहाड क्षेत्रमा किम इल सङको जन्म घर छ । सामान्य छ्वालीले छाइएको, माटोको  सामान्य घरमा भित्र किम इल सङ कालका सामानहरु संरक्षण गरिएको छ । घरको नजिकै किम इल सङको र परिवारको क्रान्तिलाई झल्काउने सम्पदाहरुलाई संरक्षण गरी सन् १९७० मा संग्रहालय स्थापना गरिएहो हो । त्यसबाहेक किम इल सङले युवा अवस्थामा प्रयोग गरेका विभिन्न सामानहरुको संग्रह सहित पहाडको टुप्पोमा अवलोकन कक्ष स्थापना गरिएको छ ।

कोरियाली वर्कस पार्टी स्तम्भ

सन् १९९५ मा यो स्तम्भ कोरियाली वर्कस पार्टीको स्थापनाको ५० औं बर्षमा स्थापना गरिएको हो । उत्तर कोरियामा वर्कस पार्टी सत्तासिन पार्टी हो । हँसिया, हथौडा र कुचोको स्वरुप स्थापित वर्कस पार्टी स्तम्भ ५० मिटर अग्लो छ ।

राष्ट्रिय एकिकरण स्मारक

सन् २००१ मा उत्तर कोरियाली राजधानी प्योङयाङमा स्थापित एकिकरण स्मारक उत्तर कोरिया र दक्षिण कोरियाली नागरिकहरुको एकिकरण भावनाको प्रतिकको रुपमा स्थापना गरिएको हो ।

आर्क अफ ट्रम्फ

फ्रान्सको ऐतिहासिक स्मारक आर्क द ट्रम्फको स्वरुप जस्तै देखीने यो स्मारक आर्क अफ ट्रम्फ सन् १९८२ मा स्थापना गरिएको हो । संस्थापक नेता किम इल सङको ७० औं जन्म दिवसको अवसरमा स्थापित यो स्मारक सन् १९४५ मा जापानी हस्तक्षेपको अन्त्य भएसँगै किम इल सङले सम्बोधन गरेको स्थानमा स्थापना गरिएको हो ।

रुङ्ना मनोरञ्जन पार्क

उत्तर कोरियामा हालसालै उद्घाटन गरिएको मनोरञ्जन पार्क हो, रुङना पार्क । पार्क भित्र अत्याधुनिक मनोरञ्जनका सुविधाहरु उपलब्ध छन् । साहसिक खेलहरु रोलर कोष्टर देखी गल्फ कोर्र्स, विच भलिवल, विच फुटबल तथा अन्य खेलहरु पार्क भित्र छन् । पार्क भित्र डल्फिन नाच समेत देखाइन्छ । एजेन्सीको सहयोगमा