भक्तपुर– महाकवि सिद्धिदास महाजुको १५० औं जन्मजयन्ती आज भक्तपुरको तलेजु बैंक्वेतमा बृहत गोष्ठी गरी मनाएको छ ।
सिद्धिदास प्रतिष्ठनको आयोजनामा भएको भएको उक्त कार्यक्रम सताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी प्रमुख अतिथि रहनु भएको थियो ।
उहा“ले भाषा र जाती बचाइ राख्न संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । समाज परिवर्तनका लागि १५० वर्ष अगाडि सिद्धिदासले गरेको कान्तिकारी अभियान ठूलो महत्व रहेको र राज्यले भाषिक विभेदका कारण राज्यले महाकवि स्वीकार्न नसकेको बताउनुभयो ।
“भाषा म्वासा जाती म्वाइ” भने मूलमन्त्रलाई सिद्धिदासले त्यतिवेला नै देशको समग्र विकास गर्न भाषा, जाति र त्यसको संस्कृतिको उत्थान भएमात्र पहिचान सहित देशको विकास हुने कुरामा सिद्धिदासको योगदानलाई हामी सबैले मनन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडाको सभापतित्वमा भएको उक्त कार्यक्रममा राज जोशीले सिद्धिदासको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अगिब बनेपालीले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा सिद्धिदासको योगदानको मात्र चर्चा परिचर्चा गरिएको उक्त कार्यक्रममा नेपालभाषा आन्दोलनका नेता मल्ल के.सुन्दरले मन्तव्य दिनु भएको थियो । उहा“ नेपालमा १५० वर्ष अघि नै पहिचानको आन्दोलन सिद्धिदासले गरेको बताउनुभयो । त्यसवेला नै “म्वासा जाती म्वाई” नारा घन्किसकेको नै पुष्टि हुन्छ भनुभयो ।
कार्यक्रममा रात्री मा.वि.भक्तपुरका संस्थापक प्रधानाध्यापक कैलाशभक्त प्रधानाङ्गलाई सम्मान गरिएको थियो साथै प्रतिष्ठानद्वारा नेपाल लिपि कक्षामा पास भएका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा २०० जना भन्दा बढीको सहभागिता रहेको छ ।