भक्तपुर । नयाँ शक्ति पार्टी नेपाल र नेकपा (माओवादी) विप्लव नेतृत्वको भक्तपुर जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ ।
भक्तपुरमा आयोजित वृहत बैचारिक राजनीतिक धुर्विकण कार्यक्रममा दुवै पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा केन्द्रिय कार्य समिति र केन्द्रिय परिषदका गरि करिब ६२ जना यस्तै नेकपा (माओवादी) विप्लव नेतृत्वको जिल्ला पार्टी कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जना शनिवार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश एवं वृहत बैचारिक राजनीतिक धुर्विकण कार्यक्रमा लाई सम्वोधन गर्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले वैचारिक धुर्विकरण अहिलेको आवश्यकता भएको बताउँदै यसमा सम्पुर्ण माओवादी गोलवद्द हुन आवश्यक भएको वताउनुभयो ।
उहाँका अनुसार हाल देशमा जनताको हातमा राज्यशक्ता त आयो तर जनअधिकार अझै प्राप्त गर्न क्रान्तिको निरन्तरता रहेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता पासङ्ग शेर्पाले नेकपा एमाले नाम मात्रैको कम्युनिष्ट भएको र डाक्टर बाबुराम भट्टराई र नयाँ शक्ति पार्टी प्रतिगमनकारी र राजावादीको घेरमा रहेकोले मुलुकको हित गर्न नसक्ने आरोप लगाउनुभयो ।