अमेरिकी सेनाले आफ्नी एक महिला फोटोग्राफरले खिचेको यस्तो फोटो सार्वजनिक गरेको छ जसमा आफूसहित चार अफगान सैनिकको मृत्युअघि खिचिएको थियो ।
२२ वर्षीय महिला फोटोग्राफर हिल्डा क्लेटन तथा चार अफगान सैनिक २ जुलाई २०१३ को प्रशिक्षणको क्रममा भएको विस्फोटमा मारिएका थिए ।
अमेरिकी सेनाले धमाकामा मारिएका एक अफगानको तस्वीर पनि सार्वजनिक भएको छ । क्लेटन उनलाई फोटो पत्रकारिता सिकाउँदै थिइन् ।
मिलिट्री रिव्यू पत्रिकाले यस तस्वीरलाई प्रकाशित गरेको छ । यो तस्वीर क्लेटनका परिवारसँग अनुमतिलिएपछि छापेको हो ।
अमेरिकाका रक्षा मन्त्रालय क्लेटनको नामवाट फोटोग्राफी अवार्ड पनि दिँदै आएको छ ।
स्पेशल हिल्डा क्लेटन वेस्ट काम्बट अवार्ड प्रतियोगितामा शामिल हुनेका लागि सैन्य फोटोग्राफरको पाँच दिनको एक टेकनिक तथा शारीरिक परीक्षा पार गर्नुपर्ने हुन्छ ।