विजया दशमीको संघारमा युवाहरुद्वारा रक्तदान

474

भक्तपुर । विजया दशमी २०७४ को उपलक्ष्यमा युवाहरुले रक्तदान गरेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको प्रगति समूह ताथलीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा खुला रक्तदानमा युवाहरुले रक्तदान गरेका हुन् ।

बढ्दो रगतको मागलाई मध्यनजर गरी गरिएको सो रक्तदानमा ५२ जना युवाहरुले रक्तदान गरेको कार्यक्रम आयोजक समूहका कार्यक्रम संयोजक अनिल थुयाजूले बताए ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, वडासदस्यहरु कमला गिरी, सुमित्रा दर्जी तथा सौडोल कृषि सहकारी संस्थाका अध्यक्ष कूलबहादुर न्हेम्हाफूकीलगायतले शुभकामना दिएका थिए ।

सो क्रममा वडाध्यक्ष त्यातले सिंँहदरबारको अधिकार स्थानीय तहमा आएको प्रचार भए पनि जनताले दुःख पाउने क्रम अझ पनि जारी रहेको बताए ।