अशेष लामिछाने, बागिश्वरी । नागथली फुटसल टुर्नामेन्टमा वीपीएस वी र लामास्टार क्वाटरफाईनलका खेलमा विजयी भएका छन् ।
शनिवार भएको खेलमा लामास्टारले पीवाईसी ए लाई हराउँदै आफु सेमिफाईनलमा प्रवेश गरेको हो भने वीपीएस वी ले वीपीएस सीलाई हराउँदै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
शनिवार भएका पहिलो गेममा लामास्टारले पीवाईसी ए लाई ३ –१ को अन्तरले हराएको थियो । यस्तै घरेलु टिमहरुको भिडन्तमा भने वीपीएस वीले वीपीएस सीलाई ६ –३ गोल अन्तरले पराजय गराउँदै क्वाटरफाईनल पार गरेको हो ।