काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ–उनले गत शुक्रबार विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘‘पागल’’ भने । झण्डै अढाई करोड जनसंख्या भएको उत्तर कोरिया विश्व कूटनीतिको केन्द्रमा छ । संयुक्त राष्ट्रसंघीय महासभामा पनि उत्तर कोरिया प्रमुख मुद्दा बनेको छ । महासभामा उत्तर कोरियाभन्दा पनि त्यहाँका शासक किमको बढी चर्चा रहेको बीबीसीले जनाएको छ ।
किम जोन–उनलाई पिता किम जोङ–इल र हजुरबुवा किम इल–सुंङभन्दा पनि रहस्यमयी मानिन्छ । सन् २०११ मा पिताको मृत्युपछि उनले उत्तर कोरिायको सत्ता सम्हालेका थिए । सत्ता सम्हालेदेखि उनी अहिलेसम्म आधिकारिक रुपमा विदेश भ्रमण निष्केका छैनन् । यद्यपी उनका पिता र हजुरबुवाको विदेश भ्रमणका बारेमा पनि खबर सार्वजनिक हुदैन थिए । तर सत्ता सम्होपछि किम जोन–उनले आप्mना मित्र राष्ट्र चीन र रुसको समेत भ्रमण नगर्नुलाई आश्चर्यजनक रुपमा लिइएको छ ।
उनका पिता किम जोन–इल सन २०१० र २०११ मा चीन भ्रमणमा गएका बेला अन्तराष्ट्रिय सञ्चार माध्यममा चर्चाको विषय बनेको थियो । त्यति बेला किम जोन–इलले छोरालाई सत्ता हस्तान्तरणका लागि राणनीति तयार गरिरहेको अनुमान अन्तराष्ट्रिय जगतले गरेको थियो ।
चीनसँग नजिकको सम्बन्ध हुँदा हुँदै किम जोङ–उनले एक पटक पनि भ्रमण किन गरेनन् त ? उत्तर कोरियामा दुई वर्ष भारतका राजदुत रहिसकेका आरपी सिँहका अनुसार उत्तर कोरियाका अहिलेका शासक पिताभन्दा फरक स्वाभावका छन् । ‘‘किम जोङ–उनले उत्तर कोरियालाई विश्व समुदायबाट पूरै अलग गरिसकेका छन् । विदेश भ्रमणमा नजानुको पछाडि अनेक कारण हुन सक्छन् ।’’ सिँहले भने, ‘‘उनलाई अन्य मुलुकप्रति कुनै भरोसा नै छैन् । उनी आफ्नो सुरक्षालाई लिएर डराएका कारण पनि विदेश भ्रमण जान डराउँछन् ।’’ पूर्व राजदुत सिँहका अनुसार भारतलगायत विश्वका २६ राष्ट्रसँग राजनीतिक उत्तर कोरियाको राजनीतिक सम्बन्ध छ ।
उत्तर कोरियाका कुनै पनि शासक न विदेश भ्रमणमा जान्छन् न कुनै विदेशी नेतालाई तयहाको सत्तासँग सम्पर्क गर्न सहज छ । अमेरिकाले उत्तर कोरियासँग कयौं पटक सम्पर्क गर्न गरेको प्रयास विफल भएको छ । ब्रिटिस पत्रिका ‘‘द गार्डियन’’ले सन् २०१५ नोभेम्बर १३ मा उत्तर कोरियाली शासक किम जोङ–उन मुलुक भित्रकै भ्रमणमापनि ‘‘घुम्ती शौचालय’’सँगै लगेर जाने गरेको समाचार प्रकाशित गरेको थियो ।
उत्तर कोरियामा सन् १९९७ देखि १९९९ सम्म भारतका लागि राजदुत रहेका जगजीतसिँह सपराका अनुसार उत्तर कोरियाका अहिलेका शासकका पूर्वजहरुपनि सुरक्षालाई लिएर धरै सतर्क रहन्थे । उनका अनुसार उत्तर कोरियाका यसअघिका शासक किम जोङ–इल हवाई जहाज छोडेर रेलमार्फत मस्को र बेईजिङ भ्रमणमा गएका थिए ।
‘‘पूरै देश अलर्ट अवस्थामा रहन्छ । उसले विश्वका कुनैपनि मुलुकसँग शान्ति सम्झौता गरेको छैन्,’’ पूर्व राजदुत सपराले भने, ‘‘यस्तो अवस्थामा उनीहरु आप्mनो सुरक्षालाई लिएर डराई रहेका हुन्छन । अहिले जतिपनि उत्तर कोरियासँग सम्बन्धित कुराहरु बाहिर आउँछन् तिनीहरुको सोझै सम्बन्ध असुरक्षासँग छ ।’’