नवरात्रिको नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । यो नवौं तथा अन्तिम दिनमा देवीको सिद्धि दिने रूपको अर्चना गर्नुपर्छ ।
सिद्धिदात्री भगवतीले सबै भक्तहरूलाई सिद्धि प्रदान गर्नुहुन्छ । सबै देवीदेवतालाई सिद्धिदात्रीले नै सिद्धिहरू दिनुभएको छ ।
माता सिद्धिदात्री कमलको आसनमा विराजमान हुनुहुन्छ । उहाँका हातहरूमा शंख, चक्र, कमल र गदा छ । सिद्धिदात्रीलाई देवी सरस्वतीको स्वरूप मानिन्छ ।
यो मन्त्रले देवीको पूजा गर्नुस् :
सिद्धगंधर्वयक्षादिरसुरैरमरै रवि ।
सेव्यमाना सदाभूयात् सिद्धिदा सिद्धिदायनी॥