शताब्दी पहिले कस्तो थियो नेपाल ? हेर्नुस् ऐतिहासिक र दुर्लभ १३ तस्बिरमा

2088

काठमाडौंमा पहिले हात्तीमा घाँसदाउरा बोकिन्थ्यो ।

“काठमाण्डौ” नेपालको सबैभन्दा ठूलो सहर अनि नेपालको राजधानी । यो सहरलाई मध्यकालमा कान्तिपुर पनि भनिन्थ्यो । मालीगाउँमा भेटिएको इसं १८५ को मूर्ति नै सबैभन्दा प्राचीनतम् तीतिसहितको अवशेष मानिन्छ काठमाडौंको ।

विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववली प्राप्त गर्न सकिने काठमाडौंको प्राचीन इतिहास तथ्यपरकभन्दा पनि भावनात्मक पाइने भएकाले ठोस प्रमाणकै रुपमा लिन सकिँदैन । यद्यपि, यस्ता ग्रन्थबाट पुरानो परम्परा अनि अवस्थितिबारे भने जानकारी पाउन सकिन्छ ।

काठमाडौं पहिलेको समय !

स्वयम्भु पुराणअनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा पोखरी थियो । यो पोखरीको नाम नागदह थियो । यो दहको अनौठो शक्ति अनुभूत गरेर मन्जुश्रीले यो दह भएको ठाउमा मानव बस्ती बसाल्ने निधो गरे ।

त्यसपछि चन्द्रह्रास खड्ग प्रहार गरेर यो दहको दक्षिणको कच्छपाल पर्वतबाट पानी बाहिर जाने बाटो बनाइदिए । चीनबाट आएका उनले पानी निकालिसकेपछि मञ्जुपत्तन नामक एक नगर स्थापनापछि धर्माकार नाम गरेका एक व्यक्तिलाइ राजा बनाइ आफू चीनतर्फ नै लागे ।

ललितपुरको थेचोको मा 1970 तिर खिचिएको

पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवी आदि वंशअन्तर्गतका विभिन्न राजाले लामो समयसम्म शासन गरेको इतिहास पाइन्छ । राणाकालीन अनि शाहवंशी राजाले शासन गर्दाताका विभिन्न तस्बिर हामीले यहाँ राखेका छौं । यी तस्बिर हामीले इन्टरनेटबाट खोजी गरेर संकलन गरेका हौं ।

सन् १९४५ मा पध्म शम्शेर !

लेजेन्ड एब्सि प्रेस्ली र नेपालका तात्कालीन राजा हात मिलाउँदै ।

सन् १९२४ को जुद्द सडक ।

तात्कालीन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबारभित्र कुराकानी गर्दै !

वि.सं. १९७२ को नेपालको विद्युत् प्राधिकरण कार्यालय ।

पुराना मन्दिरहरू ।

१९औं शताब्दीमा नेपालमा प्रयोग हुने गाडी ।

काठमाडौंका पुराना घर ।

पुरानो काठमाडौं सहर ।

पुरानो काठमाडौं सहर ।