विज्ञान र वैज्ञानिकबारे केही रोचक तथ्य, जुन थाहा पाउँदा पत्याउन मुस्किल पर्छ

349

एजेन्सी,
विज्ञानका केही कुरा आज पनि मानिसहरू प्रायः विश्वास गर्दैनन् । विज्ञानले धेरै आश्चर्यजनक कुरा पत्ता लगाइसकेको छ । आज पनि यो संसारमा केही वस्तुहरू छन्, जसले विज्ञान र वैज्ञानिकलाई हैरान बनाएका छन् ।

जस्तैः हामी हेर्न सक्छौं– विज्ञानले आर्टिफिसयल मानिस बनायो । तर, एउटा कुरा अझै पत्ता लगाउन भने सकेको छैन । आत्मा वा मरिसकेको मानिसलाई पूर्ण जीवन दिन भने सकेको छैन । वैज्ञानिकको यो प्रयास अझै जारी नै छ । यस्तै विज्ञानका केही रोचक तथ्यहरू यहाँ राखेका छौं :

  • वैज्ञानिकले आजसम्म डायनासोरको रंङ पत्ता लगाउन सकेका छैनन् ।

  • हावा तब आवाज दिन्छ, जबसम्म कुनै बिपरीत वस्तु हुँदैन ।

  • विश्वको सबैभन्दा भारी धातु आस्मियम हो, जसको लम्बाइ २ फिट र उचाइ एक हात्ती बराबर हुन्छ ।

  • जब पानी बरफ बन्ने प्रक्रिया मा हुन्छ, तब १० प्रतिशत पानी उडेर जान्छ र हाम्रो फ्रिजको ट्रे मा बरफ जम्छ ।

  • एउटा व्यक्ति एक महिनासम्म भोकै बस्न सक्छ । तर, पानी नखाई १० दिन पनी बस्न सक्दैन । यदी १० प्रतिशतभन्दा कम पानी शरीरमा छ भने मानिसको मृत्यु हुन्छ ।

  • संसारको सबैभन्दा महँगो पदार्थ एन्टिमैटर प्रतिपदार्थ हो, जसको एक प्रतिपदार्थबाट एउटा सिंगो देश किन्न सकिन्छ ।

  • यदि हामी प्रकाशको गतिमा नजिकको ग्यालेक्सी जान चाहन्छौं भने हामीलाई २० वर्ष लग्छ ।