बाउले आफ्नै छोराको घाटी छिनाएर दुर्गा मातालाई दशैंको बलि भोग दिए

850

नहमीको राती ९ बजेतिर  छत्तीसगढको राजनांदगांवमा एक पिताले दशैंको महानवमीको पूजा गर्दा गर्दै दुर्गा माताको प्रतिमा अगाडि आफ्नै छोराको घाँटी छिनाइदिएका छन् ।

छोराको बली दिएपछि ती पिताले आफैं प्रहरी चौकीमा गए आत्मसमर्पण गरेका छन् । घरमा दुर्गा माताको पूजा चलिरहेको बेला छोराले रक्सी पिएर आएर दुर्गा माताको प्रतिमामा जुठो खाना फ्याँकिदिएर बत्ती निभाइदिएपछि रिसाएका पिताले आफ्नै छोराको बली दिएका हुन् ।

ती पिता यसअघि पनि छोराले रक्सी पिएर यस्तै गर्दा निकै आजित भइसकेका थिए । पिताले प्रहरीमा आफ्ना छोराले यसअघि पनि पटक पटक रक्सी पिएर यस्तै गर्दा आफू आजित भएको र हिजो रिस खप्न नसकी छोरालाई काटिदिएको बयान दिएका छन् ।

 २२ वर्षीय सुरेन्द्र नामका मृतक युवकले राती आफूसँग मासु लिएर गएका थिए । उनले घर गएर खानामा आफूले लिएर गएको मासु मिसाए । त्यही बेला उनका पिता गोपिरामले घरमा नवमीको हवल नहुँदासम्म र ज्योति प्रज्वलित भएका बेला मासु खान नहुने बताए । यही कारणले सुरेन्द्रले घरमा जोडजोडसँग सबैलाई गाली गर्न थाले । सुरेन्द्रले हंगामा मच्चाएपछि उनलाई सम्झाउन उनकी आमा, भाइ र बहिनी पनि पुगे । परिवारले सम्झाउँदा सुरेन्द्रलाई झनै रिस उठ्यो त्यसपछि उनले ज्योति निभाइदिए र थालमा राखिएको जुटो खाना देवीको प्रतिमामाथि फ्याँकिदिए । सुरेन्द्रको यो क्रियाकलापले रिसाएका उनका पिता गोपिचंदले बञ्छरोले छोराको घाँटीमा अन्धाधुन्ध प्रहार गरे जसका कारण सुरेन्द्रको घटनास्थलमै मृत्यु भयो   ।