पनिर चिल्ली खान मन छ तर बनाउन आउँदैन? यसो गर्नुहोस

535

धेरैलाई नयाँ परिकारको स्वाद चाख्न मन हुन्छ तर आफैं पकाउने सिप भने हुँदैन। दसैंमा ‘नन भेजिटेरियन’ हरुका लागि घरमा मासुका विभिन्न परिकार पाकेको हुन्छ तर ‘भेजिटेयिन’ ले के खाने?  यस्तोमा तँपाईका लागि स्वादिस्ट परिकार हुन सक्छ पनिर चिल्ली। आज हामी तँपाईलाई घरमै पनिर चिल्ली पकाउन सिकाउँदै छौँ।

आवश्यक साम्रागी
३०० ग्राम पनिर वा सो भन्दा बढि
नुन
कालो मरिच
लसुन
अदुवा
मैदा
आँता वा मकैको पिठो
हरियो खोर्सानी
क्याप्सिकम
तेल
रेड वा ग्रिन चिल्ली सस
गोलभेडाको केचप
सोया सस
चिनी
भेनेगर
अजिना मोटो

पकाउने विधिः

सर्वप्रथम तँपाईसँग भएको पनिरलाई पकाउन मिल्ने टुक्रामा काट्नुहोस्। त्यसपछि त्यसलाई एउटा कचौरा वा भाँडोमा खन्याउनुहोस् र त्यसमा एक चम्चाको चार भागको एक भाग नुन र कालो मरिच हाल्नुहोस्। फेरि यसमा आधा चम्चा लसुन र अदुवाको पेस्ट पनि मिसाउनुहोस् र हातले मोल्नुहोस्।

यति गरेपछि यसलाई दश मिनेटसम्म त्यत्तिकै अवस्थामा छाडी दिनुहोस्। दश मिनेटपछि भने सो पनिरमा एक चम्चा मैदा हालेर त्यसलाइ मिक्स् गर्नुहोस्।

अब भने एउटा दानो प्याजलाई बीचबाट चार टुक्रामा र त्यस टुक्रालाई पुन स्लाइसमा काट्नुहोस्। त्यस्तै दुई डिढीँ हरियो खोर्सानी, एउटा क्याप्सिकम, लसुनलाई पनि काट्नुहोस।् लसुनलाई मसिनो गरी काट्नुपर्नेछ तर अन्यलाई भने धेरै मसिनो नगर्नुहोस्।

अब भने एउटा अर्कोे भाँडो लिनुहोस् र त्यसमा दुई चम्चा मैदा र एक चम्चा आँटा (वा मकैको पिठो) हाल्नुहोस् र त्यसमा आधा कप पानी हालेर त्यसलाई मिक्स् गरेर पेस्ट बनाउनुहोस्। यो पेस्ट धेरै झोलिलो वा लेदो भने हुनुहुँदैन्।
यति गरेपछि तँपाईको सम्पूर्ण पूर्व तयारी पुरा हुन्छ।

अब चुलोमा कराई वा प्यान बसाउनुहोस् र तेल हाल्नुहोस्। तेल तातेपछि अघि तयार गरेर राखेको मिक्स्ड पनिरको भाँडोबाट एक­एक गरी पिस पनिरलाई मैदा र आँटावा मकैको पिठोको पेस्टमा चोब्दै तेलमा फ्राई गर्नुहोस्।
यसो गर्दा एक पटकमा सबै पनिरको पिस नहालेर तेलमा फ्राई मिल्ने गरी मात्र हाल्ने गर्नुपर्नेछ। यसरी सबै पनिर फ्राइ गरिसक्नुहोस् र त्यसलाई प्लेटमा राख्नुहोस्।

यसपछि भने चुलोमा पुन अर्को प्यान वा भाँडो तताउनुहोस र त्यसमा २ चम्चा तेल हाल्नुहोस्। तेल तातेपछि अघि काटेर राखिएको लसुन, अदुवा, खुर्सानी, प्याज र भेडे खुर्सानी हालेर हल्का रातो रंग आउनेगरी एक मिनेटसम्म भुटनुहोस्।यस पछि भने यसमा २ चम्चा रेड वा ग्रिन चिल्ली सस तथा २ चम्चा गोलभेडाको केचप र एक चम्चा सोया सस हाल्नुहोस् र केहि समय निरन्तर चलाउनुहोस्।
यसपछि भने एक चम्चाको चार भागको एक भाग कालो मरिच धुलो, स्वाद अनुुसारको नुन र तीनदेखि चार चम्चा पानी हालेर चलाउनुहोस्।

यदि तँपाईलाई पनिर चिल्ली केहि ग्रेभी बनाउनु छ भने पानीको अझ केहि बढि हाल्न सक्नुहुनेछ।

केहि बेर चलाइसकेपछि यसमा चम्चाको चार भागको एक भाग चिनी र त्यहि मात्रामा अजिना मोटो हाल्नुहोस्। यो सबै गरीसकेपछि अन्त्यमा एक चम्चा भेनेगर हाल्नुहोस। यसपछि यसलाई एक मिनेटसम्म पकाउनुहोस्।

यसरी पकाइसकेपछि सस तयार भएको हुन्छ। अब भने अघि फ्राइ गरेर राखिएको पनिरलाई यसमा हाल्नुहोस र केहि बेर चलाउनुहोस। यदि तँपाईलाई रेष्टुरेन्टमा जस्तो रङ्ग निकाल्नु छ भने ‘फुड कलर’ को प्रयोग गर्नुसुक्नु हुनेछ।
यति गरीसकेपछि भने तँपाईले बनाउन खोज्नुभएको चिल्ली पनिर तयार हुन्छ।setopati