भक्तपुरमा आगलागी

802

भक्तपुर – भक्तपुरमा आज विहान आगलागी हुँदा एउटा घरमा सामान्य क्षती पुगेको छ । भक्तपुर नगरपालिका वडा नंबर १  नवदुर्गा हलअगाडी कृष्ण बहादुर बैजुको घरमा आगलागी हुँदा सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।

घरको पाँचौ तलामा आगो लागेको केही समयमै भक्तपुर दमकलले आगो नियन्त्रणमा लिएकाले धेरै क्षती हुन नपाएको भक्तपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन् ।