आचारसंहिता विपरित सरकार विस्तार, देउवाले भंग गरे आफ्नै रेकर्ड

267

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहिता विपरित सरकार विस्तार गरेका छन् ।

उनले शनिबार सरकार विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा सहभागी हुन लागेको हो। राप्रपा अध्यक्ष अध्यक्ष कमल थापा, जयन्त चन्द, दिनानाथ गिरी र बिक्रम थापा सरकारमा सहभागि हुन् लागेका हुन्।

थापालार्इ उपप्रधानमन्त्रीको जिम्मेवारी दिइने छ। प्रधानमन्त्री कार्यालयले चार जनाको नाम शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पठाइसकेको प्रधानमन्त्री कार्यालयले स्रोतले जनाएको छ। निर्वाचन आयोगले सरकार विस्तार नगर्न सचेत गराएको थियो ।

शनिबार सपथ ग्रहण हुनेछ। राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, भाष्कर भद्रा, सुशीलकुमार श्रेष्ठ र कान्ता भट्टराईको नाम पनि राप्रपाले पठाएको छ।

नेकपा एमाले नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच बाम गठबन्धन गर्ने सहमति भएपछि राप्रपाले सरकारलार्इ समर्थन गरेको थियो। योसँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।