भक्तपुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले नेपालमा हाल कम्युनिष्ट अधिनायकवादको खतरा भएको बताउनुभएको छ । भक्तपुर काँग्रेसको आयोजनामा भएको शुभकामना आदन प्रदान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यसो भन्नु भएको हो ।
बाम तालमेलाई ईकित गर्दै सभापती देउवाले हालको बाम तालमेल केवल सत्ता कब्जा गरि विश्वमा नै फेल भई सकेको कम्युनिजमको नारा लगाई अधिनायकवाद लागु गर्ने जमर्को भएको आरोप लगाउनुभएको हो ।
उहाँले हाल प्रजातन्त्र लोकतन्त्र र जनताको अधिनायकवाद नै खतरामा परेको बताउँदै यसको रक्षाकालागि प्रजातन्त्रबादीहरु एक हुनु पर्ने वताउनुभयो ।
हाल नेपालमा लोकतन्त्र , प्रजातन्त्र एवं जनताको अधिकारका खिलावका तत्वहरु सवै एक भएको आरोप लगाउँदै आगामी निर्वाचनमा यस्ता तत्वलाई परास्त पार्ने काँग्रेसीहरु आन्तरिक मतभेदलाई अन्त्य गरि एक हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्री रमेश लेखकले कम्युनिष्टहरु धेरै भएका कारण देशको समस्या समाधान हुन नसकेको आरोप लगाउनुभएको छ । बाम तालमेल केवल सत्ता तालमेलका लागि मात्र भएको बताउँदै उहाँले हाल माओवादीको बाम तालमेल र सरकारबाट जा भन्दा पनि टाँसी रहनु बाट स्पस्ट हुने बताउनुभो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापती दुर्लभ थापा, क्षेत्रीय सभापतीहरु जिवत खत्री र नारायण ख्यामलीले नेपालमा राजतन्त्र गयो भनेको फेरी बाम राजतन्त्रको उदय भएको वताउनुभयो ।