ठमेलको एउटा डान्सबारमा कम्मर हल्लाउने तरुनीका लागी म्हेपीमा गोली चल्यो । रातभर डान्सबारभित्रै ग्राहकको चित्त बुझाएकी साबित्री क्षेत्रीको नामबाहेक वास्तविक परिचय प्रहरीले अझै खुलाएको छैन । सबित्री ठमेलको हुक्काबारमा आउने ग्राहकलाई चित्त बुझाउन गएको १ बर्षदेखी सक्रिय रहेको भने खुलिसकेको छ ।
आईतबार बिहानै उनै युवतीलाई कस्ले लैजाने भन्ने बिवादमा दुई समुहका युवाबीचको विवादपछि गोली सम्म चलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दिनहुँजसो रातभर डान्सबारमा हल्लने र बिहानपख कुनै न कुनै ग्राहकसँग भाडामा चल्ने डान्सरका रुपमा परिचित साबित्री शनिबार रातीपनि धेरै पैसा दिन ग्राहकको खोजीमा बारको लबीमा कम्मर हल्लाउदैं थिईन ।
तिहारको दिन भएकाले श्रीमति माईत गएका ग्राहकहरुको हुक्काबारमा भरिभराऊ थियो । उनिहरुबीचबाट सावित्रीको मोलमोलाउ शुरु भयो । पहिले सावित्रीको मागेजति पैसा दिएपछि गोरखा लाप्राकका कल्याण गुरुङसँग जान तयार भईन । स्कुटरमा आएका कल्याण गुरुङसँग मोलतोल मिलेकी सावित्रीलाई अर्को कारमा आएका ग्राहकले अफर गरे ।
सावित्री कारवालासँग स्कुटीवालसँगभन्दा बढि पैसाको डिमाण्ड गरिन् । कारवाला सहमत भएपछि सावित्री स्कुटीवाला गुरुङलाई छाडेर कारवाला अश्विन गुरुङको कारभित्र छिरिन । कार हुईक्यिो तर स्कुटीवालासँग अन्य चारवटा स्कुटरले कारको पिछा गरे । कारले अझै स्पिड बढाउदैं थियो तर म्हेपीमा पुग्दा स्कुटरले कारलाई घेरा हाले लगत्तै कारभित्रबाट गोली चल्यो गोली कल्याण गुरुङको खुट्टामा लागेको छ ।
अहिले गुरुङको शिक्षण अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले स्कुटरमा सवार अन्य युवकसँगै साबित्री र गोली चलाउने अश्विन गुरुङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट कम मुल्य तिरेर कल्याण गुरुङले लैजान खोजेकी सावित्री क्षेत्रीको मुल्य अर्का अश्विन गुरुङले बढाईदिएकै कारण घटना गोली चल्ने अवस्थासम्म आईपुगेको बुझिएको छ ।
घटनाको थप अनुसन्धान भइरहको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए ।