बाम गठबन्धन बागी बिरुद्ध आक्रमक बन्दै, दुई दलको यस्तो बन्यो रणनीति

592

बाम गठबन्धनमार्फत दुईतिहाई ल्याउने हुंकारसहित चुनावमा एक भएर होमिएको बाम गठबन्धनको यात्रामा बागी तगारो बनेर निस्किएपछि दलहरु कठोर बन्ने संकेत दिएका छन । बागीका कारण गठबन्धनमै समस्य उत्पन्न हुने देखेपछि प्रमुख राजनीतिक दलले बागी उम्मेदवारी दिएका देशभरका आफ्ना नेता कार्यकतालाई कारबाहीको तयारी थालेका छन् ।

प्रमुख दलले आन्तरिक रूपमा बागी उम्मेदवारलाई सम्झाउने तथा फकाएर उम्मेदवारी फिर्ता गराउने प्रयत्न पनि असफल भए कारबाही गर्नेगरी मातहतका कमिटीलाई निर्देशनसमेत दिएका छन् ।

एमाले र माओवादी केन्द्रले वाम गठबन्धनविपरीत बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता–कार्यकर्तासँग आग्रह गरेको छ । माओवादी केन्द्रले उम्मेदवारी फिर्ता नलिए कारबाहीको चेतावनी दिईसकेको छ ।

खासगरि स्थानीयस्तरमा टिकट पाएका नेताको चरित्र र उसको कार्यकर्ता व्यवस्थापनमा अक्षमताका कारण अधिकांश स्थानमा बागी देखिएपछि यसका लागी नेतृत्वबाट पहल थालिएको दलहरुले बताएका छन ।

देशका धेरै स्थानमा बागी देखिएपनि माओवादीका प्रभावशाली नेता मानिने शक्तिबहादुर बस्नेतकै बिरुद्ध बागी उम्मेदवार देखिएपछि यसलाई माओवादी केन्द्रले गम्भिर भन्दै सक्रियता अझै बढाएको छ ।

तर माओवादीकै स्थानीय नेता कार्यकर्ताहरुले समेत बस्नेतको अक्षमताका कारण यस्तो भएको चर्चा थालेका छन । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बस्नेतका बिरुद्ध एमालेका गोबिन्द बिक्रम शाहले बागी उम्मेदवारी दिएका छन ।