एकाबिहानै मलेशियामा गाडी दुर्घटना, १३ को मृत्यु , १९ गम्भिर नेपालीसमेत परेको हुनसक्ने

350

धेरै नेपालीहरुको वैदेशिक रोजगारीको थलो मलेशियाको पेनाङमा बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । पेनाङस्थित सोनी कम्पनीमा कार्यरत कामदार लिएर हिडेको बस दुर्घटना भएको मलेशियन सञ्चारमाध्यहरुले जानकारी गराएका छन ।

आज बिहान ६ बजेको समयमा जुरु टोल प्लाजा मलेशिया जापान इन्स्च्यिुट अगाडी भएको दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जनामध्ये सबै गम्भिर रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घाईतेको अहिले सेवराङ जया अस्पतालमा उपचार भईरहेको छ । सोनी कम्पनीमा काम गर्ने विभिन्न देशका कामदार बोेकेको बस दुर्घटनामा परेकाले दुर्घटनामा नेपालीसमेत परेको हुनसक्ने अनुमान छ ।