भक्तपुर, । भक्तपुर जिल्ला बेसबल तथा सफ्ट संघको अध्यक्षमा रामशरण त्वाती चुनिएका छन् ।
संघको शनिबार भएको बेसबल तथा सफ्ट बल खेलाडीहरुको भेलाले त्वातीको अध्यक्षतामा १७ सदस्यीय संघको कार्यसमिति पुनर्गठन गरेको हो ।
जसअनुसार उपाध्यक्षद्वयमा सुनवीर थिङ र विजयराम यन्द्यो, सचिवमा रोशन थापा, सहसचिवमा सञ्जीव दुलाल र कोषाध्यक्षमा सूर्यबहादुर तामाङ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा निश्चल केसी, विजय खत्री, पृथ्वी बासुकला, बीलबहादुर तामाङ, खड्ग तामाङ, कविता राजचल, गणेश सुकमनी, सञ्जय लामा, रमेश तामाङ, सन्तबहादुर श्रेष्ठ र वीरमान तामाङ रहेका छन् ।
भेलामा नेपाल बेसबल तथा सफ्ट बल संघका महासचिव दीपक न्यौपानेले विद्यालय तहबाटै बेसबल तथा सफ्ट बलको खेल र खेलाडी विकास गर्ने संघको नीति रहेको जानकारी दिए ।
यसको लागि राष्ट्रव्यापी विद्यालयस्तरीय बेलबल तथा सफ्ट बल प्रतियोगिता आयोजना गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।
महासचिव न्यौपानेले भक्तपुरमा जिल्ला संघ पुनर्गठनसँगै भक्तपुरमा बेलबल तथा सफ्ट बल खेल र खेलाडीको विकास र विस्तार हुने विश्वास व्यक्त गरे ।
संघका भक्तपुर अध्यक्ष त्वातीले एक वर्षभित्र विद्यालयविद्यालयमा बेसबल तथा सफ्ट बलको प्रशिक्षण सुरु गरिने जानकारी दिए ।
उनका अनुसार भक्तपुरमै बेसबल तथा सफ्ट बलका कोच एवं राष्ट्रिय खेलाडी भएकाले उनीहरुमार्फत भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विस्तार र विकास गरिनेछ ।