नमोबुद्धमा एभरेस्ट स्काउटको हाइक

289

काभ्रेपलाञ्चोक । मिवाछेंस्थित एभरेस्ट इंगलिस स्कुल अन्तर्गत रहेको एभरेस्टक स्काउट इकाईमा आवद्ध ८५ जना स्काउट विद्यार्थी काभ्रेपलाञ्चोकस्थित प्रशिद्ध धार्मिकस्थल नमोबुद्धमा हाइक गएका छन् ।

स्काउट शिक्षक पवनकुमार बल्लको नेतृत्वमा गएको टोलीमा स्काउट शिक्षकहरु रवि तज, विनिता श्रेष्ठ, श्रीराम अच्छामी, निरन मानन्धर र सलिना बज्राचार्यसमेत सहभागी थिए ।

कक्षा ४ देखि १० सम्मका स्काउट विद्यार्थी सहभागी भएको सो टोलीले नमोबुद्ध मन्दीर परिसरको सरसफाई गर्नुको साथै आफुसंग लगेको खाजा खाएर फर्केका थिए ।