भक्तपुरमा गठबन्धनको कुरा मिलेको भन्ने समाचार एमालेले छरेको भ्रम मात्र

786

बाम गठबन्धनको कुरा मिल्न नसक्ने

भक्तपुर । भक्तपुरमा नेकपा एमालेले धोका दिएपछि एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुक्रिएको छ । भक्तपुरको दुई क्षेत्र मध्य क्षेत्र नम्वर १ पुर्ण रुपमा माओवादीलाई र क्षेत्र नम्वर २ एमालेलाई भनी भागभण्डा भए पनि एमालेले आफ्नो उम्मेदवारलाई उठाएका कारण गठबन्धन टुक्रिएको थियो ।

भक्तपुर क्षेत्र नं १ को प्रदेश १ मा बाम गठबन्धनका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले कम्युनिष्ट गठबन्धन टुटेको घोषणा गरेको हो । कम्युनिष्ट गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले आफ्नै चुनाव चिन्हमा नै छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो ।

एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गराएपछि भएको विवादले हाल सम्म पनि समाधान पाउन सकेको छैन । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका थिए भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका थिए ्।
एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर आफ्नै चुनाव चिन्हमा लामिछानेलाई उठाएका कारण बाम गठबन्धनका नाममा माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए ।

‘एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटाएका हौं । तैपनि एमालेले विभिन्न भ्रामक समाचर संप्रेशण गर्दै गठबन्धन नटुटेको बताउँदै आएको छ जुन एक दम झुट भएको ं’ उनले भने, ‘एमालेले षडयन्त्र र्गर्यो जुन गठबन्धन विरोधी भएका कारण यो मिल्ने सक्दैन ।’

वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो।