एमाले कार्यकर्ताको सांघातिक आक्रमण: चार घाइते, पाँचभन्दा बढी सम्पर्कविहिन

357

बाजुरा । बिहिबार बेलुका भएको नेकपा एमालेको सांघातिक आक्रमणबाट ४ जान घाइते भएका छन् । ५ बढी सम्पर्क बिहिन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीका अनुसार बुढीगंगा नगरपालिका वडा नं १ निर्वाचित वडा सदस्य ललित थापा, नेपाल शिक्षक संघ बुढीगंगा नगरपालिकाका उपाध्यक्ष कृष्ण थापा,अम्म थापा, गोरे सनाई, मदन सनाई, डम्बरबहादुर सनाई, गम्भिर सनाई, भिमबहादुर थापा, किसन थापा, रमेश सनाई, लालबहादुर सनाई, योगेन्द्र थापा लगायत रहेका छन् ।

ललित थापा बुढीगंगा नगरपालिका वडा सदस्य समेत घाईते भएका छन् । अरुको नाम खुल्न सकेको छैन ।

घाईतेलाई उपचारका प्रहरीले बिहिबार राती जिल्ला अस्पताल ल्याएको छ ।

नेपाली काँग्रेस सभापति कविराज पण्डित लगायतको टोलीलाई धुरालसैनमा भेटघाट गरी घर फर्किने क्रममा राती जंगलको बाटो माथिबाट ढुंगा मुढा र भाला प्रहारबाट काँग्रेस कार्यकर्ता घाईते भएको बताइएको छ ।

बाटोमा हिंडिरहेको बेला माथिबाट ढडुगा प्रहार भएपछि अन्य ५ जना सम्पर्क विहिन भएका छन् । २०५१ सालदेखि उतm ठाउँमा दजनौँ कार्यकर्ता घाईते भइरहेका छन् ।

२०५४ स्थानिय तहको निर्वाचनमा तत्कालिन कुल्देवमाण्डौँ गाविसमा धनबहादुर खाती र आइते सेरालाले ज्यान गुमाउनु परेको थियो ।

२०५१ सालदेखि हालसम्म साविकको ब्रहमतोला बासीले एमाले नेताहरुका कारण भयरहित वातावरणमा मतदान गर्ने पाएका छैनन् । स्थिति अझै तनावपूर्ण हुँदा जिल्ला प्रहरी कार्यालय बाजुराबाट टोली खटाईएको छ ।