चेम्वर एक्स्पोमा अवलोकनकर्ताको भीड

239

काठमाडौ । राजधानीको भृकुटीमण्डपमा जारी नेपाल चेम्वर एक्स्पो २०७४ को तेश्रो दिन शनिबार अवलोकनकर्ताको विशेष भीड लागेको छ ।

विहानैदेखि साँंझसम्म पनि एक्स्पो हेर्न आउने अवलोकनकर्ताको लामो लस्कर देखिएको थियो । शनिबार एक दिन मात्रै हजारौं अवलोकनकर्ताले एक्स्पोको अवलोकन भ्रमण गरेको देखिएका छन् ।

शनिबार सार्वजनिक विदाको दिन भई फुर्सदमा हुने भएकाले धेरै जना परिवारसहित अवालेकन भ्रमणमा आएको देखिएको थियो ।

एक्स्पो संयोजक राष्ट्रभूषण चाकुबजीले शनिबार मात्रै दसौं हजारले एक्स्पोको अवलोकन भ्रमण गरेको जनाए । विहानदेखि साँंझसम्म पनि अवलोकनकर्ताको उतिकै भीड देखिएको उनले जनाए ।

अवलोकनकर्ताले एक्स्पोको विभिन्न स्टलहरुको अभिरुचिपूर्वक अवलोकन भ्रमण गरेका उनले सुनाए । साथै उपभोक्ताले आफूलाई मनपर्ने सामानहरु पनि खरिद गरेको देखिएको उनले जनाए । एक्स्पोमा आफूलाई मनपर्ने सामानको पनि खरिद गर्ने सक्ने व्यवस्था गरिएको छ ।

चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको छ ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहेका छन् । एक्स्पो सोमबारसम्म चल्नेछ ।