गम्भिर रोगका विरामीलाई जीविकोपार्जन भत्ता दिईने

429

काठमाण्डौं । क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराई रहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिनका लागि मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्रि दिपक बोहराले प्रस्ताव पेश गर्नुहुने भएको छ ।

गम्भिर किसिमका रोगवाट ग्रसित विरामीको स्वास्थ्य उपचारमा सरकारले विभिन्न समयमा उपचार सौलियत दिदै आएको भएपनि उनीहरुको जिविकोपार्जनको लागि समस्य देखिएको बताउँदै उहाँले त्यस्ता गम्भिर प्रकृतिका रोगीका लागि जिविकोपार्जन भक्त दिन आफुले क्याविनेटमा प्रस्ताव गर्न लागेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयको पदभार ग्रहण गरेकै दिन अनसनरत डाक्टर गोविन्द केसीको जनपक्षीय मागलाई सम्बोधन गरि उहाँका प्रशंसनीय कार्यका साथ दिदै स्वास्थ्य मन्त्रालय सम्हाल्नु भएका माननीय मन्त्री दीपक बोहराले आफ्नो कार्यकालको विदा हुने समयमा पनि जनपक्षीय निर्णय गर्दै क्यान्सरको किमो लिइरहेका, मिर्गौला फेल भई डायलासिस गराई रहेका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँका दरले जीवीकोपार्जन भत्ता दिनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरि पारित गर्ने तयारी गर्दै हुनुहुन्छ ।

उक्त भत्ता मदिरा र सुर्तिजन्य प्रदार्थमा केही प्रतिशत स्वास्थ्य सुरक्षा कर लगाई उठने रकमबाट यस्ता विरामीलाई जिविकोपार्जनका लागि दिइने उहाँको प्रस्तावमा रहेको छ ।