काठमाडौं । नेपाल सरकारद्वारा नेपाल स्काउटका पुरानो कार्यसमिति भंग गरी बनाएको १३ सदस्यीय नयाँ तदर्थ कार्यसमितिका पदाधिकारीको सम्मानमा ललितपुर जिल्ला स्काउटले बिहीबार स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त श्रीराम लामिछानेले नेपाल स्काउटको केन्द्रीय तदर्थ समितिका संयोजक चन्दन कौशिक लगायत समितिका सदस्यहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा शिव पौडेल, पार्वती गिरी, पुण्यराम गोथे, केशव महर्जन, दिपेश केसी, जयराम कार्की र गौतम अधिकारी, देवदूत अधिकारी, मनोज जंग रायमाझि, रामप्रसाद शर्मा, रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल तथा सल्लाहकार डा.रविन्द्रप्रसाद पाण्डे छन ।
नवगठित तदर्थ समितिको विरुद्ध सर्वाेच्च अदालतमा परेको रीट खारेज गर्दै सर्वाेच्चले नवगठित समितिको पक्षमा फैसला गरिदिएपछि उनीहरु गत मंसीरदेखि काममा फर्किएका थिए । उनीहरुलाई सरकारको युवा तथा खेलकूद मन्त्रालयले ६ भदौमा तदर्थ समितिमा नियुक्त गरेको थियो ।