सहयोगका हात बढाउँदै तामाङ कलाकार

1374

युवाहरुद्वारा  भोजकुमार बचाउ अभियान सुरु

भक्तपुर । दुबै मृगौलाले काम नगरेपछि उपचार गराई रहनु भएका भोजकुमार तामाङको उपचारमा सहयोग जुटाउन तामाङ कलाकार एक जुट भएका छन् । डि एस दोङको संयोजकत्वमा संचारकर्मी सुदिन दोङ लगाएतका युवाको आवहानमा तामाङ कलाकार द्दवारा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
दुवै मृगौला फेल भएर उपचाररत भोजकुमार तामाङले सहयोगको लागि तामाङ कलाकारहरुको साथमा भक्तपुरमा बृहत साँस्कृतिक कार्यक्रम तथा तामाङ बचाउ अभियान सँचालन हुन लागेको हो ।
काभ्रेको तेमाल गाँऊपालिका वडा न. ९ चोपटारका, हरिबहादुर दोङ्गका छोरा २७ बर्षीय भोजकुमार तामाङको दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत हुनुहुन्छ ।’ विगत ६ महिना देखि रोगका कारण अस्पताल चाहर्दै आउनु भएका तामाङको मृगौला नै खराव भएको भन्ने पुस्टी भएपछि उहाँ हाल भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहनु भएको छ ।
आर्थिक अवस्था कमजोर भएका तामाङको रोग पत्ता लाग्नु भन्दा पहिला नै धेरै पैसा खर्च भई सकेको सुनाउँदै सहयोगको अपिल गर्नुहुने संचारकर्मी सुदिन दोङले भन्नुभयो भोजकुमारलाई मृगौला दिनको लागी परिवारका सदस्य तयार त हुनु हुन्छ तर मृगौला प्रत्यारोपण गर्न त परै जावस हाल अस्पताल बस्न समेत खर्च उहाँ सँग छैन, यसै कारण आफुहरुले तामाङ कलाकारहरुसँग सहकार्य गरेर भोजकुमार बचाउ अभियान सँचालन गर्न लागेको बताउनुभयो । ‘सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ भोजकुमारसँग सानो सहयोगले कसैको ज्यान नै बच्छ भने हामीले सहयोग गर्नु पर्दछ यसैले सवैलाई सहयोगको अपिल गर्दछु ’ दोङ बताउनुहुन्छ ।

आर्थिक अवस्था कमजोर भएको कारण नै तामाङ आर्थिक समृद्दिको ठुलो सपना बोकेर काठमाडौको हात्तिसारमा अवस्थित गल्फ म्यानपावरबाट दुबईको एक कम्पनीमा कामको लागि बैशाख २३ गते नेपालबाट उड्नु भएको थियो । तर नियती नै भन्नु पर्दछ उहाँको सपना केवल ६ महिनामा नै तुहियो र उहाँ बिरामी भएर नेपाल फर्कनु पर्यो । गल्फ म्यानपावरको लापरवाहीको सिकार उहाँ हुन् पग्नुभयो । बिना बायोमेडिकल नै दुवई पुग्नु भएका लामा आफु भित्र भएको रोगको विषयमा अनविज्ञ नै हुनुहुन्थ्यो । बिना बायोमेडिकल कामदार बिदेशमा पठाउनु गैरकानुनी हो । तर नेपालमा अनुगमन गर्ने निकाय नै कमजोर भएको हुनाले यसको फाइदा उठाएर म्यानपावर ब्यवसायीले बदमासी गरी उहाँलाई विदेश पठाउँदा उहाँको केहि नभएको अर्को मृगौला पनि कडा परिश्रम अनी अनियमित खानपानका कारण विग्रदा उहाँ दिर्ग रोगी हुन् पुगेका छ ।
दुबईमा २ वर्षको करार सम्झौता भएतापनि कम्पनीले लामालाई अहिले तीन महिनाको बिदामा उपचारको लागि नेपाल फिर्ता पठाएको छ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले मृगौला फेर्नु पर्ने बताएपछि लामाको घरमा अहिले रुवाबासी चलेको छ । लामाको अढाई वर्षको छोरा र २ वर्षकी छोरी छिन् । आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकाको भविष्यले पिरोल्न थालेको तामाङको श्रीमतीले बताउनु हुन्छ ।

मृगौला पीडित लामालाई बचाउन विभिन्न देशबाट आर्थिक सहयोग आउन थालेको प्रचारप्रसार संयोजक सुदिन दोङले बताउनु हुन्छ । छोर्वाला काई रेडियो गेताङको ’भोजकुमार दोङ बचाउ अभियान’ सहित यो पाँचौ बचाउ अभियान हो । यसअघि पनि सुदिन दोङको अगुवाइमा ’सिर्जना तामाङ बचाउ अभियान’, ’कुमारी लामा बचाउ अभियान’ सफल भैसकेको छ । भोजकुमार दोङ बचाउ अभियान सहयोगार्थ छोर्वाला काई रेडियो गेताङले राष्ट्रिय ख्यातिप्राप्त चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम ((२०७४) को आयोजना समेत गर्ने भएको छ । कार्यक्रममा  विकु थोकर ,  सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तान, शसिकला मोक्तान, टीका बोम्जन, शुक्र दोङ, सुरेश लामा (नेपाली तारा टप ३), सरस्वती लामा (रक), प्रयास दोङ, अभिषेक तामाङ, जगत घिसिङ, पुजा लामा, हावा लामा, पेमा लामा, विहिन दोङ लगायतको सहभागिता रहने छ ।

आर्थिक सङ्कलनकालागी यही पौष २९ गते शनिबार विहान १० बजे भक्तपुरको शुभकामना पार्टी प्यालेसको हलमा विविध साँस्कृतिक कार्यक्रम सहित भोजकुमार बचाउ अभियान गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक संकलनलाई पारदर्शि बनाउन परिचालन कमिटीले विभिन्न देश र स्थानमा अलगअलग ब्यक्तिहरुलाई संयोजक तोकिएको कार्यक्रमका संयोजक डि. एस दोङले जानकारी दिनुभएको छ ।
कार्यक्रम संयोजक डि.एस दोङ : 9851005849

प्रचारप्रसार संयोजक :-सुदिन लामा 9841119852

नेपालको लागि: सरोज लामा, फोन: 9851092868

विभिन्न देशहरुको संयोजक र सहसंयोजकहरु :

चन्द्र माया, देश: जापान, फोन: 08034972463

लास्मिता तामांग, देश: जापान, फोन: 819091762427

पासांग लामा, देश: जापान, फोन:08096551983

भोजकुमार लामा ,देश : मलेसिया ,फोन:- 0142248515

दावा घिसिङ ,देश : मलेसिया ,फोन:- 0166026342

रजन दोङ ,देश : मलेसिया ,फोन:- +601139748453

सुनिला दोङ ,देश : साइप्रस ,फोन:- 96202908

पेमा डोल्मा तामाङ ,देश : कुवेत ,फोन:- 96560765933

अाशिष मोक्तान तामाङ ,देश : कतार ,फोन:- 50459779

ललित कुमार लो ,देश : कतार ,फोन:-,+97470932792

सरोज गोले ,सिन्धुली , फोन:- 9823199798