काठमाडौं । आफूलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएपछि शहरी विकासमन्त्री दीलनाथ गिरिले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नभएको बताएका छन् ।
मन्त्रीपरिषदमा बस्ने जनादेश थापालाई पनि नभएको बताउँदै उनले राजीनामा दिनुपर्ने बताए ।थापालाई नाङ्गो चरित्रको राजनीतिक व्यक्ति भएको टिप्पणी गर्दै थापाका सन्तानले उनलाई सातपुस्तासम्म धिक्कार्ने खबरडबलीसँग बताए ।
‘राजीनामा दिइसकेको व्यक्तिलाई बर्खास्तीका लागि पत्र पठाउने होइन, थापामा अलिकति पनि नैतिकता छ भने उनी आफैले राजीनामा दिनु पर्ने हो।’ उनले भने, ‘तर मलाई थाहा छ, थापाजस्ता अकर्मण्य, लोभी,पापी राजनीतिक व्यक्तिले राजीनामा दिँदैनन्।’
विहीबार मन्त्री परिषद् बैठकमा सचिव सरुवाको विषयलाई लिएर विवादपछि शुक्रबार राप्रपा अध्यक्ष थापाले पार्टीका मन्त्री गिरिलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाका छन्।
मन्त्री गिरीलाई बर्खास्त गर्ने निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई मन्त्रीबाट बर्खास्त गर्ने भएको छ ।
राप्रपाको राजधानीमा शुक्रवार बसेको बैठकले मन्त्री गिरीलाई फिर्ता बोलाउने निर्णय गरेको हो
मन्त्री गिरी र उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाबीच बिहीवार मन्त्रिपरिषद् बैठकमा भनाभन भएको थियो ।