बंगलादेश र श्रीलकांसंग सहकार्य गर्दैबेबिलोन स्कुल विद्यार्थीद्वारा विभिन्न परियोजना प्रर्दशन

557

काठमाडौं ।नेपाल सरकार र बेलायत सरकारको समन्वयमाब्रिटिस काउन्सिलद्वारा स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड(सन् २०१५—२०१८) जित्न सफल राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलका विद्यार्थीले दोस्रोपटक पनि सो पुरस्कार प्राप्तिको लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएका छन ।
आइएसए परियोजना अन्र्तगत श्रीलंका र बंगलादेशका विद्यालयसंग सहकार्य गर्ने सिलसिलामा बेबिलोन स्कुललेयी आयोजना प्रस्तुत गरिएको हो ।
सोही सिलसिलामा प्रिप्राइमरी लेवलका विद्यार्थीका साथै ७ र ८ का विद्यार्थीले अलगअलग समूहमार्फत आफ्नो परियोजनाको विषयवस्तु समेटेरशिक्षकको सहयोगमा संकलन गरेका वस्तुहरुको प्रदर्शनीतथा पावरप्वाइन्ट प्रस्तुति गरेका छन् ।
विद्यालय हातामा गरिएको सो प्रदर्शनीको अन्यकक्षाका विद्यार्थी,शिक्षक रअभिभावकको साथै ब्रिटिस काउन्सिलको स्कुल एम्बेसडर सुर्दशन सुवेदीले पनि अवलोकन गरेकोविद्यालयको आइएसए को अर्डिनेटर अनिता सिग्देलले बताइन ।
प्रिप्राइमरी लेवलका साना केटाकेटीले शिक्षिकाद्वय निशा उपाध्या र शितल शाहको सहयोगमा यातायातसंग सम्वन्धित सडक, सडक वत्ति, जेव्रा क्रसिंग, सवारी साधन, ट्राफिक प्रहरी, पैदलयात्री सबै झल्किने प्रदर्शन गरेका थिए ।


यसैगरी शिक्षिका रीता लिवीको सहयोगमा नेपालमा बौद्धधर्म (बुद्धिजम)का बारेमा विस्तृत कुरा झल्किने प्रदर्शनी र पावरप्वाइन्ट प्रस्तुति गरेका थिए । उनीहरुले भक्तपुरको पुरानो मुनिविहारबाट बुद्धधर्मका अनुयायी, बौद्धभिक्षु,वौद्ध धर्मावलम्वीहरुले प्रयोग गर्ने वस्त्र, भिक्षाटनसंग सम्वन्धित सामाग्रीहरु समेत ल्याएर प्रदर्शन गरेका थिए ।
त्यसका साथै भगवान बुद्ध जन्मेको ठाँउलुम्बिनी, ज्ञान प्राप्त गरेको ठाउँ र भगवान बुद्धले महापरिनिर्वाण प्राप्त गरेको अवस्थादेखि बौद्ध गुम्बा, विहार, स्तुपालगायतका विषयमा प्रर्दशन र प्रस्तुति गरेका थिए ।


यसैगरी अर्काे समूहका विद्यार्थीले नेपालमा रहेका दूर्लभ प्रजातिका चराचुरुंगी र वन्यजन्तुहरुका बारेमा सदर चिडियाखाना लगायत विभिन्न ठाउँमा गएर संकलन गरेका सूचना र तस्वीर प्रदर्शन र पावर प्वाइन्टबाट देखाएकाथिए । उनीहरुलाई शिक्षकद्वय धुवराज राई तथा मनोज मण्डलले सहयोग गरेका थिए ।