भक्तपुर । भारतको प्रशिद्ध धार्मिकस्थल हरिद्वारमा सम्पन्न ५७ औं दक्षिण एशियाली एकिकृत वालभेलामा सहभागी भएका एभरेस्ट इंगलिस स्कुलका विद्यार्थीले ६ वटा पदक सहित ट्रफि जितेका छन् ।
दक्षिण एशियाली वाल मञ्चको आयोजनामा भएको १० दिने सो बालभेलामा एभरेस्ट इंगलिस स्कुलका सयुश अमात्य, आस्था दुवाल, प्रशान्त जोशी, मानषि थपलिया, प्रविन भण्डारी र लुज शिल्पकारले पदक जितेका थिए ।
यसैगरि एभरेस्ट स्कुलको छात्रा समूह पहिलो भएर ट्रफि जितेर फर्केको एभरेस्ट इंगलिस स्कुलका टोली नेता एवम् स्काउट शिक्षक पवनकुमार बल्लले बताउनुभएको छ ।
पदक र ट्रफि जितेर फर्केका विद्यार्थीलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले सोमबार विहान विद्यालयमा आयोजित एक कार्यक्रममा स्वागद गर्दै बधाई दिनुभएको थियो ।
सो क्याम्पमा भाग लिन शिक्षक बल्लको नेतृत्वमा पदक जित्ने ६ विद्यार्थीका साथै आयुषा राजलवट, रोज्मा खोटेजा, पलिस्था बज्राचार्य, स्नेहा घिसिंग, निहारिका महर्जन र शुभश्री त्वायना सहभागी थिए । शिक्षक पवनकुमार वल्लको नेतृत्वमा शिक्षकद्वय श्रीराम अछामी र सरिता श्रेष्ठ सहित ती विद्यार्थी वालभेलामा सहभागी भएका थिए ।
वालभेलाकै क्रममा उनीहरु हरिद्वारको साथै आसपासका धार्मिकस्थल, ऋषिकेश, विमलेश्वर महादेव र पतञ्जली योग केन्द्रको अवलोकन गरेका थिए । देहरादूनका गर्भनर कृष्णकान्त पौलको आतिथ्यमा वालभेला समापन गरिएको थियो ।
पुस ११ देखि शुरु भएको वालभेलामा एभरेस्ट स्कुलका विद्यार्थीहरुले उत्कृट शिवीर छात्र÷छात्रा (बेस्ट क्याम्प ब्वाय र गर्ल) को रुपमा पदक जितेका थिए भने नेपाल र भारतका विद्यार्थीको ४ वटा समूहमध्ये एभरेस्ट स्कुलको छात्र समूह उत्कृष्ट भएर ट्रफि जितेको थियो ।
सो बालभेलामा एभरेस्ट इ.गलिस स्कुलका वद्यार्थीले धिमे नृत्य र नमस्ते व्यायाम प्रस्तुत गरेका थिए । सो वालभेलामा नेपाल र भारतका ५४ जना वालवालिकाको सहभागिता थियो ।
नेपाल, भारत, बंगलादेंश र भुटान लगायतका मुलुकमा वर्षमा हरेकवर्ष आयोजना हुँदै आएको सो वालभेला नेपालमा पनि ३ पटक आयोजना भईसकेको छ ।
एभरेस्ट इंगलिस स्कुलका विद्यार्थी विगत १७ वर्षदेखि सो वालमञ्चको कार्यक्रममा भाग लिँदै आएका छन् ।