घुसखोर कर्मचारीप्रति आक्रमक बन्दैं अख्तियार, फेरि अर्को कर्मचारी पाँचलालमा रंगेहात

256

काभ्रे, पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुसखोर कर्मचारीप्रति आक्रमक देखिएको छ ।

गतहप्तामात्रै १ उपसचिव ३ अधिकृत, २ नायव सुव्वा र १ जना खरिदारलाई घुससहित पक्राउ गरेको अख्तियारले सोमबार थप एक कर्मचारी रंगेहात समातेकोे छ ।

काभ्रेको पाँचलाल नगरपालिकाबाट विद्युत प्राधिकरण उपशाखाका सुपरभाइजर दिनेश थापालाई सोमबार अख्तियारको टोलीले नगद २५ हजारसहित पक्राउ गरेको हो ।

विद्युत पोल विस्तारका क्रममा सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारले थापालाई पाँचखालबाटै रंगेहात पक्राउ गरेको जनाएको छ ।