एभरेस्टमा साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण

385

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल मिवाछेंमा आठौँ अतिरिक्त क्रियाकलाप तथा वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रम अन्तर्गत विद्यालयको नृत्य क्लबका विद्यार्थीले विभिन्न गीतमा नृत्यहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको थालनी र मध्यभागमा प्रस्तुत गरिएको ‘जिम्न्याष्टिक्सले’ कार्यक्रमलाई थप रमाइलोे बनाएको थियो ।

यसैगरि विद्यालयले विभिन्न समयमा आयोजना गरेको अन्तर सदनात्मक साहित्यिक कार्यक्रम तथा विभिन्न खेलकूद प्रतियेगिताका विजयी विद्यार्थीलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा सहायक प्रधानाध्यापक कमलादेवी अमात्य राजभण्डारीले पदक तथा प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विद्यालयका ५ सय ५ जना विद्यार्थीले पदक तथा प्रमाण–पत्र प्राप्त गरेका थिए ।