ओम अस्पतालका सुरक्षाकर्मीलाई तालीम

395

काठमाडौं । अस्पतालहरुमा पनि जुनसुकै समयमा भैपरि आउने आगलागी, भूकम्प लगायतका आकस्मिक दुर्घटनालाई व्यवस्थित गर्न ओम अस्पताल तथा रिसर्च सेण्टर चावहिलमा शुक्रबार सुरक्षाकर्मीलाई सुरक्षा सम्वन्धि तालीम दिइएको छ ।

‘अस्पतालको सुरक्षा व्यवस्थापन अन्तर्गत’ २४ जना सुरक्षाकर्मीलाई अस्पतालका प्रशासन प्रमुख तथा ग्रुप ४ सेक्युरीटी कम्पनीका विज्ञले आगलागी नियन्त्रण तथा सुरक्षासम्वन्धी विविध व्यवहारिक तालीम दिएका थिए ।